काठमाडौंमा मतगणना शुरु, कस्ले कहा कति ल्याए ?

काठमाडौँ, मंसिर २२ । प्रतिनिधिसभा र प्रदेशसभाको बिहीबार सम्पन्न भएको निर्वाचन अन्तर्गत काठमाडौँ जिल्लाका केही निर्वाचन क्षेत्रका मतगणना कार्य शुरु भएको छ ।

काठमाडौँ जिल्ला मुख्य निर्वाचन आधिकृत रमेशराज पोख्रेलका अनुसार काठमाडौँ निर्वाचन क्षेत्र १, ४, ५ र ६ को मतगणना शुरु भएको हो । बाँकी निर्वाचन क्षेत्रको शीघ्र शुरु हुने पोखरेलले जानकारी दिए । काठमाडौँ जिल्लामा १० वटा निर्वाचन क्षेत्रहरु छन् ।

ती सबैको निर्वाचन मतगणना एकै ठाउँमा गणना गर्दा समय लाग्ने भएकाले राष्ट्रिय सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर, सहकारी विकास विभाग नयाँ बानेश्वर, वन परिसर र जिल्ला समन्वय केन्द्र बबरमहलमा मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार निर्वाचन क्षेत्र नं १, २, ३ र ४ राष्ट्रिय सभागृहमा मतगणना गरिनेछ ।

त्यसैगरी, निर्वाचन क्षेत्र नं ५ र ७ को सहकारी विकास विभागको तालीम केन्द्र बानेश्वरमा मतगणनाका हुनेछ । त्यसैगरी, निर्वाचन क्षेत्र नं ९ र १० अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बानेश्वरमा मतगणना गरिन्छ । निर्वाचन क्षेत्र नं ८ को वन परिसर बबरमहलमा र निर्वाचन क्षेत्र नं ६ जिल्ला समन्वय समिति बबरमहलमा मतगणना हुने तयारी भएको छ ।