चार प्रदेशमा चार दल विजयी

गोरखाका दुई प्रतिनिधिसभा क्षेत्रमध्ये वाम गठबन्धनले गोरखा– १ र लोकतान्त्रिक गठबन्धनले गोरखा–२ मा जितेका छन् । यस्तै चार दलका उम्मेदवारले चार प्रदेशसभामा एक स्थानमा विजयी हासिल गरेका छन् ।

गोरखा–१ का दुई प्रदेशसभा क्षेत्रमा वाम गठबन्धन तथा गोरखा २ का दुई क्षेत्रमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी बने । गोरखा १ प्रदेशसभा क्षेत्र (क) मा काँग्रेसका नेता धीरन थापालाई हराउँदै माओवादी केन्द्रका नेता लेखबहादुर थापाले जित हासिल गरेका छन् ।

यस्तै प्रदेश (ख) मा काँग्रेस नेता राजेन्द्र बजगाईँलाई पराजित गर्दै नेकपा (एमाले)का केन्द्रीय सदस्य रामशरण बस्नेत विजयी बनेका छन् ।

गोरखा २ प्रदेशसभा क्षेत्र (क) मा नेकपा माओवादीकी नेत्री कमला नहर्कीलाई पराजित गर्दै नयाँ शक्तिका नेता हरिशरण आचार्य विजयी बने भने (ख) प्रदेशमा नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभासद् अमर तमुलाई पराजित गर्दै काँग्रेसका नेता प्रकाशचन्द्र दवाडीले जित हासिल गरे ।