तनहूँ, मंसिर २४ । तनहूँ क्षेत्र २ प्रदेश सभा (क) का नेपाली काँग्रेसका उम्मेदवार प्रदीप पौडेल पाँच मतले पछि परेको अवस्थामा ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गर्दै निर्वाचन आयोगलाई निवेदन पेस गरेका छन् ।
प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजित गरेको चर्चा सार्वजनिक भएपछि उम्मेदवार पौडेलले त्यो आफूहरुलाई स्वीकार्य नहुने भन्दै पुनः मतदानको माग गरेका हुन् ।
पछिल्लो मतपेटिकामा २ हजार ३२८ मत भनिएको थियो । पछि गणना गर्दा २ हजार ३७० मत भेटिएको छ, काँग्रेस उम्मेदवार पौडेलले भने, सुरुमा देखिएको संख्याभन्दा धेरै संख्यामा मत देखिनुले फर्जी मत खसालेको पुष्टि हुन्छ । यो हामीलाई मान्य हुने छैन ।
उम्मेदवार पौडेलले निर्वाचन कार्यालयमा पुनः मतदानको माग गर्दै लिखित निवेदन दिएका छन् । पछिल्लो परिणाममा आशा कोइराला १४ हजार ९८४ मतको स्थितिमा छिन् । पौडेलको उनीभन्दा पाँच मत कम छ ।