रौतहट, मंसिर २४ । रौतहटको क्षेत्र नं. २ मा विजयी जुलुसका क्रममा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका कार्यकर्ताबीच झडप भएको छ ।
रौतहटको राजपुर नगरपालिकामा कांग्रेस र फोरमका समर्थक कार्यकर्ताबीच झडप भएको हो । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजयी जुलुस मनाइरहेका बेला संघीय समाजवादी फोरमका कार्यकर्ताले अवरोध गर्न थालेपछि दुई पार्टीका कार्यकर्ताबीच झडप भएको हो ।
झडपका कारण त्यहाँको अवस्था नियन्त्रणबाहिर जाने देखिए पछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ साथै दर्जनौ सेल अश्रुग्यास समेत प्रहार गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिनको लागि त्यस तर्फ जिल्लाबाट थप प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
0
Shares