यादवलाई हराउँदै काँग्रेसका प्रदीप गिरी विजयी

सिरहा, मंसिर २५ । यही मंसिर २१ गते दोश्रो चरण अन्तर्गत भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्तर्गत सिरहा क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका प्रदीप गिरि विजयी भएका छन् ।

गिरि २३ हजार ९५१ मत प्राप्त गरी विजयी बन्न सफल भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का गंगाप्रसाद यादवले २१ हजार ३७१ मत प्राप्त गरि पराजित बने ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का अशोक यादव विजयी बनेका छन् । उनले ११ हजार ११० मत प्राप्त गरि उनका निकटतम प्रतिद्वन्द्वी फोरम नेपालका राजु गुप्तालाई पराजित गरेका छन् । गुप्ताले १० हजार ६०८ मत प्राप्त गरि हार बेहोरे ।

यसैगरी, क्षेत्र नं २ प्रदेश ‘ख’ मा नेकपा (एमाले)का मदनसेन प्रसाद श्रीवास्तवले ११ हजार ६९६ मत प्राप्त गरी विजयी बने भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका तपेश्वरी महतो कोइरीले सात हजार ३६ मत प्राप्त गरेका छन् ।