काठमाडौँ, मंसिर २८ । उत्कृष्ट कार्य गरेबापत दक्षिणी सुडानको रोम्बेकमा खटिएको नेपालको शान्ति सेनालाई संयुक्त राष्ट्रसंघीय पदक मिलेको छ ।
हालै रोम्बेकमा आयोजित एक समारोहमा दक्षिण सुडानका राष्ट्रसंघीय फोर्स कमाण्डर लेफ्टिनेन्ट जनरल फ्र्याङ्क मुसायो कामानाजीले नेपाली सेनालाई उक्त पदक हस्तान्तरण गरेको ललितपुरस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले जानकारी गराएको छ ।
नेपालले संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा सन् १९५८ देखि नेपाली सेना खटाउँदै आएको छ । हालसम्म ४२ वटा शान्ति स्थापना कार्यमा नेपाली सेनाले सहभागीता जनाइसकेका छन् भने अहिले पनि १४ वटा स्थानमा सेवा प्रवाह गर्दै आइरुहेको छ ।
0
Shares