काठमाण्डौं, मंसिर २९ । मधेस आन्दोलनका क्रममा भएका घटना छानबिन गर्नका लागि गठित आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।
सरकारले सर्वोेच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको अध्यक्षतामा आयोग गठन गरेको थियो । आज प्रधानमन्त्री देउवाले आयोगको प्रतिवेदन बुझ्दै यसको विस्तृत अध्ययन गरी ठोस निर्णय लिने काम नयाँ सरकारले गर्ने बताएका छन् ।
उनले सरकार काम चलाउ भएकाले राष्ट्रिय महत्वको कुनै पनि निर्णय नगर्ने समेत बताए । प्रधानमन्त्री देउवाले मधेश आन्दोलनको घटनाको सत्य तथ्यसहितको प्रतिवेदन कार्यान्वयन गर्ने जिम्मेवारी नयाँ सरकारको रहने बताएको आयोगका अध्यक्ष लालले जानकारी गराए ।
आयोगले प्रतिवेदनमा सहिद घोषणा गर्न बाँकि ४ जनालाई पनि तत्काल सहिद घोषणा सरकारलाई सुझाव दिएको छ । प्रतिवेदनमा मधेश आन्दोलनको क्रममा ६६ जनाको ज्यान गएको र त्यसमध्ये ४ जनालाई अझै सहिद घोषणा गर्न बाँकि रहेको उल्लेख गरिएको छ ।