राजु थापा, क्यानडा
१७ डिसेम्बर २०१७, एनआरएन क्यानडा महिला तथा बालबालिका समितिले ग्रेटर टोरोन्टोमा बसोबास गर्ने नेपाली समूदायलाई लक्षित गरि हिजो ब्राम्पटन स्थित एभरेष्ट तेक्वान्दो ऐकेडेमी हलमा एक दिने ‘ Oral & Dental Awareness program’ को आयोजना गरेको छ । कार्यक्रममा नेपाली डेन्टल डा.अनिता गुप्ताले दांतमा लाग्ने विभिन्न किसिमका रोगका बारेमा जानकारी गराउनुका साथै सो बाट बच्न अबलम्वन गर्नु पर्ने बिधिहरु लगाएत ईन्सुरेन्स द्धारा दांतको उपचारमा प्रयोग गर्ने कुराहरुको बारेमा ब्याख्या गरिएको थियो । यस्ता खालका कार्यक्रमले नेपाली समूदायका सदस्यहरुमा दांतको महत्व, दांतमा लाग्ने विभिन्न किसिमका रोगहरु बाट बच्ने उपायहरुको बारेमा केहि हद सम्म चेतना दिने लक्ष्य लिईएको छ ।
कार्यक्रममा एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्लेले प्रत्येक ब्यक्तिको दांत स्वस्थ राख्न यसले मद्धत पुर्याउने र यसबाट नेपाली समूदाय लाभान्वित हुने आसा लिदैं भबिष्यमा समूदाय लाई लक्षित गरि अन्य कार्यक्रमहरु एनआरएन क्यानडाले गर्दै जाने प्रष्ट पार्नु भयो । कार्यक्रममा बिभिन्न संघ संथाका प्रतिनिधिहरु लगाएत नेपाली समूदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम एनआरएन क्यानडा महिला तथा बालबालिका समितिकी संयोजक बिमला सापकोटाको संयोजकत्वमा सम्पन भएको थिया ।