काठमाडौँ, पुष १० । क्रिसमसको अवसर पारेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने २४५ जना चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।
इसाई धर्मावलम्बीको महान् चाड क्रिसमसको अवसर पारेर महाशाखाले आइतबार बेलुका विशेष जाँच गर्दै ती चालकलाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले क्रिसमसको अवसर पारेर मापसे सेवन गरी जथाभावी सवारी साधन चलाउने र दुर्घटना हुने भन्दै महाशाखाले विशेष जाँचको व्यवस्था गरेको जनाएका छन् ।
दुर्घटना नियन्त्रण गर्न अरु दिनको भन्दा क्रिसमसमा छुट्टै ३५ ठाउँमा विशेष जाँचको व्यवस्था गरिएको उनले बताए । यही क्रममा महाशाखाले ८४ गाडीलाई समेत नियन्त्रणमा लिएको छ ।
0
Shares