राजु थापा, क्यानडा ! डिसेम्वर २५, २०१७ !
क्यानडाको ब्राम्पटन सहरमा स्थापना गरिएको नेपाली समूदायको पहिलो हिन्दुहरुको आस्था केन्द्र श्री पशुपतिनाथको सफलतापूर्वक प्रतिष्ठान पस्चात “नेप्लीज क्यानेडियन हेरिटेज सेन्टर क्यानडा” (NCHC) ले डिसेम्वर २२ देखि २९ तारिख सम्म ‘श्रीमद् भागवत कथा ज्ञान सप्ताह’ को आयोजन गरिरहेको छ । उक्त सप्ताहमा विख्यात श्री इश्वर कृष्ण महाराज द्धारा दैनिक बेलुकि ५ बजे देखि ९ बजे सम्म श्रीमद् भागवद् कथा बाचन भैरहेको छ ।
डिसेम्बर २२ शुक्रवार अपरान्ह ५ बजे कलश यात्रा गरि श्रीमद् भागवद कथा ज्ञान सप्ताहको ‘पुरवाङ्ग’ बाट शुरुवात गरिएको थियो । त्यसै गरि भजन गायक र पशुपतिनाथ सन्ध्या आरतीको अबधारणा श्री धर्मदास शास्त्रीको सुमधुर भजन द्धारा भैरहेको छ ।
हेरिटेज सेन्टरले निकट भविष्यमा मन्दिरलाई अझ ब्यवस्थित र फराकिलो गर्नका लागि छुट्टै आफ्नो जग्गा खरिद गरि स्थानान्तर गर्ने सोच बनाई भूमिदान को अबधारणा मार्फत चन्दा संकलन गरिरहेको छ । हाल मन्दिर स्थापना गरिएको प्लाजा भक्तजनहरुको चापले सानो हुदैं गैरहेको सेन्टरले जनाएको छ ।