काठमाडौं,पुस १६ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेविसंघले ४२ औं राष्ट्रिय मेलमिलाप दिवस मनाउने क्रममा छुट्टाछुट्टै कार्यक्रम तय गर्दै गर्दा चरम गुटबन्दि देखिएको छ । अहिले नेविसंघले राजधानीको राष्ट्रिय सभा गृहमा अध्यक्ष नैनसिंह महरको अध्यक्षतामा र असन्तुष्ट पक्षको नेतृत्व गर्दै मनोजमणि समूहले त्रिचन्द्र क्याम्पसमा कार्यक्रम गर्दैछन् । प्रतिनिधीसभा र प्रदेस सभाको निर्वाचन पश्चात नेविसंघ भित्र चरम गुटबन्दि देखिएको हो ।
राष्ट्रिय सभागृहमा काँग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु तथा त्रिचन्द्रको कार्यक्रम वरिष्ठ नेता रामचन्द्र पौडेलसहित प्रकाशमान सिंह, डा रामशरण महत लगायतका नेताहरुलाई डाकिएको छ । पार्टी महामन्त्री डा सशांक कोइराला भने दुवै समूहबाट अतिथिका रुपमा डाकिएको छ ।
नेविसंघभित्र गुट मौलाइरहेका बेलामा काँग्रेस नेताहरुले यसलाई थप मलजल नगरी अन्त्य गर्न तिर लाग्नु पर्ने अबश्था आएको छ । पार्टीको प्रमुख अगंको रुपमा हेरिुएको नेविसंघ भित्र मौलाएको चरम गुटबन्दि नेताहरुले नै समयमा नै अन्त्य गर्नु पर्ने देखिन्छ ।