पत्रकार राइको ‘किराती राई समुदायको परम्परागत सञ्चारमाध्यम सार्वजानिक’

काठमाडौ, पुस १७ । पत्रकार राजेश चाम्लिडं राईद्धारा लिखित पुस्तक किराती राई समुदायको परम्परागत सञ्चार माध्यम आईतबार राजधानीमा सार्वजानिक गरिएको छ । गोरखापत्रका सहसम्पादक समेत रहेका राईको अनुसन्धानमूलक पुस्तक नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले सार्वजानिक गरेका हुन् ।

कार्यक्रममा लेखकलाई बधाई दिंदै आचार्यले प्रकाशित पुस्तक नेपाली पत्रकारिताको लागि महत्वपूर्ण योगदान भएको टिप्पणी गरे । यसले नेपालको सञ्चार इतिहासमा नयाँ आयाम थपेको विश्लेषण गर्दै आचार्यले यस्तो मौलिक कृति पत्रकारिताको सम्पती भएको बताए । महासंघका उपाध्यक्ष विपुल पोख्रेलले पुस्तक विविधतायुक्त नेपाली समाजलाई जोड्ने महत्वपूर्ण कडि भएको उल्लेख गर्दै यसले समाजलाई एकाकार बनाउन मद्दत गर्ने स्पष्ट पारे ।

लेखक युग पाठकले नेपालका विभिन्न सभ्यताहरु सम्बन्धि ज्ञान आदानप्रदान गर्ने क्रममा प्रकाशित पुस्तकले नयाँ सूचना दिने उल्लेख गर्दै थप अनुसन्धानका प्रारम्भिक स्रोत पनि बन्ने बताए । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, प्रेस सेन्टर नेपालका उपाध्यक्ष बलराम थापा, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुडंलगायतले समाजमा रहेका विभिन्न प्रकारका ज्ञानलाई सम्मान गर्दै अघि बढ्न प्रकाशित कृति एक महत्वपूर्ण सामाग्री हुने विश्वास व्यक्त गरेका छन् ।

किरात राई पत्रकार संघका सँस्थापक अध्यक्ष गणेश राईले केहि तत्थ्यगत त्रुटीहरुका बाबजुद पुस्तक किराती राईहरुको परम्परागत सञ्चार माध्यमको अध्ययानका लागि महत्वपूर्ण पाठ्यसामाग्री बनेको टिप्पणी गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यसमेत रहेका राई लेखन तथा अनुसन्धानमा समेत निकै क्रियाशिल देखिन्छन् ।