नवराज सिलवाल गाएब,प्रहरीले काट्यो पक्राउ पुर्जी

काठमाडौं, पुष १८ । लामो समय देखि विवादमा रहेका, सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ पर्ने डरले आरोपित पूर्वडिआइजी एबम ललितपुर क्षेत्र नम्बर १ बाट एमालेका तर्फबाट नवनिर्वाचत सांसद नवराज सिलवाललाई काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको सूचना पाएसँगै सम्पर्क विहिन भएका छन् । नवनिर्वाचित सांसद सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी प्रमुख एआइजी जयबहादुर चन्दले पुष्टि गरेका छन्।

आइजिपी बढुवा सम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको सर्वोच्चको फैसलाका आधारमा प्रहरीले सिलवालमाथि अनुसन्धान अघि बढाएको थियो। सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन सम्बन्धी कागज किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो। पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानैदेखि सम्पर्कबिहिन भएका छन्। स्रोतका अनुसार उनले उपत्यका छाडिसकेको बताइन्छ ।
प्रहरीकै केहि विश्वासिला व्यक्तिको साथमा उनी काठमाडौं बाहिर गएका छन्। उनलाई प्रहरीकै केहि अधिकृतहरुले सहयोग गरिरहेको श्रोत बताउँछ । प्रहरीले अदालतको आदेशपछि उनको मुद्धामा अनुसन्धान अघी बढाएको छ। प्रहरीले केहि अनलाइन सञ्चार माध्यममा प्रकाशित भएका समाचारको स्रोत खुलाउन अनलाइनका सञ्चालकहरुलाई पत्रचार गरेसँगै ति सञ्चारमाध्यम पनि समाचारको स्रोत खुलाउने गरिएको प्रहरीको पत्रको विरुद्धमा अदालत गएका थिए।
पुनरावेदन अदालत पाटनले अधिकारप्राप्त अधिकारीले अनुसन्धानमा सहयोगको अपेक्षा राखि स्रोत खुलाउन आग्रह गर्न सक्ने भन्दै आदेश गरेपछि यो प्रकरणमा सिलवाल थप घेरावन्दीमा परेका हुन् । आफ्नो कालो कर्तुत लुकाउनका लागि सिलवाल हदै सम्म गर्दै आएका छन् । अब आरोपित सिलवाल लाई प्रहरी प्रशासनले बालकृष्ण ढुङ्गेललाई जस्तो बचाउँदै विविध नाटक गर्ने राजनीतिक विश्लेषक बताउँछन् ।