काठमाडौं, पुष १९ । नेपाली कांग्रेसभित्र मत विभाजन भइरहेका बेला नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले फरक मत व्यक्त गरेका छन् । नेपाली काँग्रेसलाई जनताले पाँच वर्षसम्म प्रतिपक्षमा बस्न जनादेश दिएकाले नेपाली काँग्रेस प्रतिपक्षमा नै बस्नु पर्ने कोइरालाले जिकिर गरेका छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले वाम गठबन्धनलाई सरकार बनाउन जनादेश प्राप्त भएकोले र काँग्रेस पाँच वर्ष संसदमा प्रतिपक्षको भूमिका निर्वाह गर्दै देशव्यापी?पमा संगठन वलियो बनाउनुपर्नेमा कोइरालाले जोड दिएका छन् ।
निर्वाचनको बेलामा वाम गठबन्धनले दिएको राष्ट्रपतीय शासनलगायतका कुराह?मा सो गठबन्धन अग्रसर भएमा मुलुक धरापमा पर्ने नेता कोइरालाको भनाइ थियो । संविधानतः लोकतान्त्रिक पद्धतिको मूल्य मान्यताको आधारमा अगाडि बढे काँग्रेसले सहयोग गर्ने उनले वचनबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानतः राजीनामा नगर्नुपर्ने देखिएको तर, नेपाल प्रजातान्त्रिक मुलुक भएकाले राजीनामा दिँदा फरक नपर्ने कोइरालाको धारणा छ ।
संविधान आफैँमा पूर्ण नहुने गरेको उल्लेख गर्दै नेता कोइरालाले भने निर्वाचन सम्पन्न भइसक्दा पनि सरकार गठनमा ढिलाइ हुनेखालको यसरी संविधान बनाउनुहुँदैन थियो । युवाका लागि शीर्ष पदह? छोड्नुपर्ने पत्रकारको जिज्ञासामा उनले भने युवा जत्तिकै जाँगर आपूmमा रहेको, देशव्यापी दौडाहा व्यापक?पमा गरिरहेको र काँग्रेसलाई ‘युवाह?को जोश तथा पाकाह?को होस् आवश्यक छ । उनले नेपालको विदेश नीति दुवै छिमेकी मुलुकका साथै अन्य युरोपेली मुलुकसँग पनि समतुल्य सम्बन्धका साथ अगाडि बढ्नुपर्ने नत्र मुलुक अप्ठेरोमा पर्न सक्ने बताएका छन् । पार्टीको केन्द्रीय समितिको बैठकपछि केही विधानमा संशोधन गरी महाधिवेशनमा जानुपर्ने आवश्यकता रहेको कोइरालाको भनाइ थियो ।