बुटवल, पुस २१ । रुपन्देहीमा अज्ञात समुहले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ । गोली प्रहारबाट फर्निचर व्यवसायी ४० वर्षे बलु भन्ने वसन्त पौडेलको हत्या भएको हो । छाती र टाउकोमा गोली लागेका पौडेललाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पतालमा पुर्याइएको थियो । अस्पताल लगेलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवन भट्टराईका अनुसार स(मिलमा गएका पौडेलमाथि बिहान करिब सबा ११ बजे गोली प्रहार भएको थियो । डिस्कोभर मोटरसाइकलमा आएका २ जना अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेका थिए । गोली कसले किन हान्यो भन्नेबारेमा अनुसन्धान भइरहेको डिएसपी पवन भट्टराईले बताए ।
एमालेका स्थानीय नेता समेत रहेका पौडेललाई राजनीतिक वा आर्थिक रिसइवीमा गोली प्रहार भएको भन्नेबारेमा गम्भीर भएर अनुसन्धान गर्न स्थानीयले आग्रह गरेका छन् । प्रहरीले गोली हान्ने समुहको खोजी भइरहेको बताइएको छ ।