काठमाडौँ, पुस २२ । नेपाल सरकारका सिँचाइ मन्त्री एवं नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले संविधान जारी भइसकेको सन्दर्भमा राजनीतिक दलहरू अब आर्थिक मुद्दामा केन्द्रित हुनुपर्ने बताएका छन् ।
काठमाडौँमहानगरपालिका–२६ स्थित त्रिवेणी जागरण समाजले आयोजना गरेको ‘नवनिर्वाचित सांसदलाई बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री गौतमले निर्वाचन सम्पन्न भएपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धितिर अगाडि बढेको बताएका छन् ।
संविधान कार्यान्वयनसँगै अब विकास र समृद्धिको युग शुरु भएको छ, अब सबै राजनीतिक दलहरुको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्छ”, मन्त्री गौतमले भने । राष्ट्रियसभाको निर्वाचनलगत्तै नयाँ सरकार गठन हुने उनको भनाइ छ ।
कार्यक्रममाकाठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले मुलुकको समग्र विकासका लागि व्यक्तिगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर मिलेर अगाडि बढ्न अपिलगरेकी छिन् । रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला र जागरण समाजका अध्यक्ष त्रिलोचन घिमिरेले जनताको एकमात्र माग विकास भएको हुँदा त्यसतर्फ लाग्न सबै राजनीतिक दलसँग अपिल गरे ।
0
Shares
Share on Facebook