आज काठमाडौंको तापक्रम सून्य डिग्रीसेल्सियसमा

काठमाडौँ पुष २३ । विगत तिन चार दिनदेखियता काठमाडौंमा अत्यधिक चिसो बढेर मानिसको दैनिकी प्रभावित बन्न पुगेको छ । काठमाडौं उपत्यकामा आजको तापक्रम सून्यमा झरी बर्षकै अत्यधिक चिसो महशुस गरिएको छ । उपत्यकाको आजको न्यूनतम तापक्रम सून्यमा झरेको छ ।

काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । अबका केहीदिन अझै तापक्रम घट्ने अनुमान गरिएको मौसमविद् बरुण पौडेलले बताएका छन् । यस बर्ष काठमाडौं उपत्यकाको तापक्रम माइनसमा पुग्न सक्ने सम्भावना छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रमको विगतलाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको पाइएको छैन ।

सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो । अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रमसम्म पुगेको थियो ।

विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम माइनसमा पुग्नसक्ने अनुमान गरिएको मौसमविद् पौडेलको भनाई छ । यो वर्ष गएको २० गते न्यूनतम एक दशमलव २ डिग्रीसेल्सियस रहेकामा आज घटेर सून्यमा पुगेको हो ।

आज काठमाडौं सहित देशैभरको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । तराई क्षेत्रका केही ठाउँमा लागेको बाक्लो हुस्सु दिउँसोसम्म नहट्ने महाशाखाले बताएको छ ।