काठमाडौ, पुष २४ । आमरण अनशनमा रहेका डा गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतले डा केसीलाई पक्राउ गरि मंगलबार बिहान ९ बजे अदालतमा बुझाउन आदेश दिएपछि प्रहरीले उनलाई त्रिभुवन शिक्षण अस्पतालस्थित अनशन बसेकै ठाउबाट पक्राउ गरेको हो ।
अनशन स्थलमा पक्राउ पुर्जी पढेर सुनाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।
केसी गोपाल पराजुलीको राजीनामा माग गर्दै सोमबारदेखि आमरण अनशन बसेका थिए ।
0
Shares