काँग्रेस प्रवक्तामा युवा नेता विश्वप्रकाश शर्मा मनोनित

काठमाडौं, पुस २५ ।  नेपाली काँग्रेसको प्रवक्तामा पार्टी केन्द्रीय सदस्य तथा सशक्त युवा नेता विश्वप्रकाश शर्मालाई मनोनीत गरिएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले नेता शर्मालाई आज पार्टी प्रवक्तामा मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।

पार्टीको १२औँ महाधिवेशनपछि रिक्त प्रवक्ता पदमा प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले काँग्रेसको विधानको धारा २४ ९३० बमोजिम केन्द्रीय सदस्य शर्मालाई प्रवक्ता पदमा मनोनित गरेका हुन् ।