काठमाण्डौ,पुस २६ । उपत्यकामा बढ्दो जनसंख्या र यहां गरिने धेरै व्यापार व्यावसाय अवैध रुपमा संचालन भइरहेका छन् । काठमाण्डौ महानगरपालिका – ७, भत्केकोपुलमा सरिता चौरासियाले संचालन गरेको सुरज ट्रेडर्स नामको पसलबाट ब्याच नम्बर, उत्पादन मिति, उपभोग्य मितिको लेवल नभएको अखाद्य खाने तेल बिक्री बितरण भईरहेको भन्ने सुचनाका आधारमा प्रहरी, आपुर्ती ब्यबस्थापन र उपभोक्ताहित संरक्षण संस्थाको संयुक्त टोलीले खान तलासी गर्दा ५ वटा जर्किनमा ७५ लिटर र टिनमा भएको ५ लिटर गरी जम्मा ८० लिटर अखाद्य खाने तेल बरामद गरेको महानगरीय प्रहरी वृत्त गौशालाले जनकारी गराएको छ ।
उक्त बिक्री बितरणमा संलग्न भारत, मोतिहारी घर भई सिनामंगल बस्ने २६ बर्षीय सरिता चौरासिया, २५ बर्षीय वालेश्वर साह र ३० बर्षीय राम सोगारत साहलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
0
Shares