काठमाडौँ, पुष २७ । प्रदेश नं १ को राजधानी धनकुटालाई बनाउनुपर्ने माग गर्दै आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिइएको छ ।
हरेक कुरालाई हेर्दा प्रदेश नं. १ को राजधानीका लागि धनकुटा नै उपयुक्त रहेको भन्दै धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायीलगायतले आज बिहान ९ देखि १०ः३० बजेसम्म धर्ना दिएका थिए । धनकुटावासीले जिल्लामा समेत धनकुटालाई नै प्रदेश १ को राजधानी बनाउनुपर्ने भन्दै आन्दोलन गर्दै आइरहेका छन् ।
भूगोल र संरचनागत हिसाब देखि लिएर अनेकौ कुरामा उपयुक्त भएकाले राजधानीका लागि धनकुटा ठीन हुने नेकपा (एमाले) धनकुटाका सचिव सुरेन्द्र पौडेलले दावी गरे ।
0
Shares