काठमाडौँ, पुस २७ । प्रेस काउन्सिल नेपालले मानवीय अभिरुचिका विषयमा समाचार वा तस्वीर सम्प्रेषणमा विशेष ध्यान दिन आमसञ्चारमाध्यमलाई आग्रह गरेको छ ।
काउन्सिललेखासगरी शीतलहरका कारण तराईका जिल्लामा केही नागरिक र बालबालिकाको ज्यानसमेत गइसकेका सन्दर्भमा त्यसबारे तस्वीर वा समाचार सार्वजनिक गर्दा ध्यान दिन आग्रह गरेको हो ।
पछिल्लो समय आएका समाचार प्रति पत्रकार गम्भीर नभएको प्रति प्रेस काउन्सिल नेपाल ले चिन्ता व्यक्त गरेको छ । शीतलहरलगायत विषयमा अत्यन्तै संयमित भई पत्रकार आचारसंहिताको समेत पालना गरी सत्यता–तथ्यपरकता, सन्तुलन, वस्तुनिष्ठता र शिष्टतामा ध्यान दिएर समाचार सम्प्रेषण गर्न प्रेस काउन्सिल नेपाल सबैमा हार्दिक अपिल गर्दछ”, काउन्सिलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
0
Shares
Share on Facebook