काठमाडौं, पुष २८ । नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्ष गंगाधर पराजुली न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा नियुक्त भएका छन् ।
शुक्रवार बसेको मन्त्रीपरिषदको बैठकले आागमी चार वर्षको लागि पराजुलीलाई नियुक्त गरेको हो । पोखरामा रही पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पराजुली करिब २५ वर्ष पत्रकारिता पेशा र पत्रकारिताको राजनीतिमा निरन्तर सक्रिय बन्दै आएका छन् ।
नेपाली पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघ र लोकतन्त्रवादी पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिका उपसभापति र उपाध्यक्ष भएर पनि पराजुलीले काम गरिसकेका छन् । उनी २०६२ र ०६३ को जनआन्दोलनको बेला पत्रकार महासंघको केन्द्रीय उपसभापतिका रुपमा क्रियाशील थिए ।
उनले गोरखापत्र दैनिक र गोरखापत्र संस्थानका प्रकाशनहरु , कान्तिपुर दैनिक तथा कान्तिपुर पव्लिकेशनका प्रकाशनहरुका साथै नेपाल टेलिभिजन, नेपाल समाचार पत्र लगायत राष्ट्रिय संचारमाध्यममा लामो समय सक्रिय पत्रकारिता गरेका छन् ।