नवलपरासी, पुस ३०। हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बताएका छन् ।
थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार राखेका थिए ।
सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका डा कोइरालाले एउटा जाती, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताएका छन् ।
कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताए । उनले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।
0
Shares
Share on Facebook