काठमाडौँ, पुस ३० । नेपाल प्रहरीका पूर्वडीआईजी एवं नवनिर्वाचित सांसद नवराज सिलवाल हाल नेपालमै रहेको खुलासा भएको छ । सिलवालले मलेसिया गएको भने पनि उनी नेपालमै रहेको खुलासा भएको हो ।
सिलवालले प्रहरीलाई छक्याएको पुष्टि भएपछि उनको तीव्र खोजिरहेको नेपाल प्रहरीको हेडक्वार्टर स्रोतले जनाएको छ । सिलवालले पूर्वनिर्धारित कार्यक्रमका लागि मलेसिया पुगेको दाबी गरे पनि नेपालमै रहेर उनले छक्याएको निष्कर्ष प्रहरीले निकालेको हो ।
सिलवाललेजुन एयरलाइन्सबाट गएको बताएका थिए, त्यो एयरलाइन्सको त्यस दिने उडान नभएको र जुन ठाउँमा कार्यक्रम नै नरहेको तथ्य पनि फेला परिसकेको प्रहरीको हेडक्वार्टर स्रोतले बतायो ।
स्रोतका अनुसार, प्रहरी महानिरीक्षक प्रकाश अर्यालले ‘जहाँ भेट्यो, त्यहीँ पक्राउ गरेर काठमाडौं प्रहरीलाई बुझाउन निर्देशन दिएका छन् । साभार:www.news24nepal.tv