खाँदवारी, संखुवासभा, पुस ३० । जिप दुर्घटना हुँदा संखुवासभामा ५ जनाको मृत्यु भएको छ । संखुवासभाको मकालु गाउँपालिकामा भएको जिप दुर्घटनामा गाउँपालिकाका अध्यक्ष सहित साविकको जिल्ला विकास समितिका योजना अधिकृतको सहित ५ जनाको मृत्यु भएको छ ।
मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवाल र योजना अधिकृत सुवासचन्द्र कुँइकेल तथा स्थानीय सुरेश राईको पहिचान खुलेको छ । चालक र अर्का एक इन्जिनियरको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।
बा ५ च १३०९ नम्बरको जिप मकालु गाउँपालिका ३ सामाटारमा दुर्घटना भएको प्रहरीले बताएको छ । चालकको समेत मृत्यु भएकाले दुर्घटनाको कारण नखुलेको बताइएको छ ।
0
Shares