काठमाडौँ, माघ २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा आफ्नो स्वास्थ्य उपचार पश्चात पर्सी स्वदेश फर्किने भएका छन् ।
नियमित स्वास्थ्य उपचार गराउनका लागि थाइल्याण्डको बैंकक गएका ओली बिहीबार मात्र नेपाल फर्कने भएका हुन् ।
गत पुस २६ मा उपचारका लागि त्यसतर्फ गएका उनि मंगलवार आउने कार्यक्रम रहेकामा दुई दिन थप भई यही माघ ४ गते फर्कने उनका सञ्चार संयोजक चेतन अधिकारीले जानकारी गराएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।
0
Shares