श्रम शोषण बन्द गर्न माग गर्दै नर्सहरु आन्दोलनमा

श्रम शोषण बन्द गर्नुपर्ने माग गर्दै विभिन्न अस्पतालका नर्सहरु आन्दोलनमा उत्रिएका छन् ।

आफ्नो पेशागत सुरक्षाको विभिन्न माग राख्दै नर्सहरुले बुधबार काठमाडौंमा र्याली निकालेका हुन् । नर्सिङ संघको अगुवाईमा भएको आन्दोलनमा विभिन्न अस्पतालमा कार्यरत नर्सहरु सहभागी भएका थिए ।

उनीहरुले विदेश पलायन हाम्रो बाध्यता हो, शैक्षिक योग्यता अनुसार दरबन्दी सिर्जना गर, अधिकारसहितको नर्सिङ सेवा महाशाखा पुनस्र्थापना गरियोस्, श्रम ऐन २०७४ सबै स्वास्थ्य क्षेत्रमा यथासीघ्र लागू गरियोस्, उचित पारिश्रमिक र सुरक्षाको प्रत्याभूति गर लगायतका नारा लेखेको प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन् ।

भक्तपुरका मानव अंग प्रत्यारोपण केन्द्रमा कार्यरत तीन जना नर्ससहित सात जनालाई कामबाट निष्कासन गरेपछि देशभरका नर्सहरु आन्दोलनमा उत्रिएका हुन् ।