दुबई जाने व्यक्तिले यी गल्ती नगर्नुहोस् नत्र जेल जानुपर्ला

दुबर्ईमा सरकारी अधिकारीले एक बेलायती नागरिकलाई कथित ‘आक्रामक व्यवहार’का कारण गिरफ्तार गरेका छन् । बेलायती नागरिक जामिल अहमद मुकद्दमको दोष यो थियो कि, उनले आफ्ना ड्राइभरलाई औंला देखाएका थिए ।

यदि मुकद्दम दोषी ठहराइ भने उनलाई जेल सजाय हुन सक्छ । यसमा कुनै शंका छैन कि मुकद्दम यो हालतबाट बच्न सक्थे, यदि उनलाई दुबईको कानून थाहा हुन्थ्यो भने ।
दुबईमा भद्दा इशाराले पनि जानुपर्ने हुनसक्छ । संयुक्त अरब ईमिरेट्स (यूएई) तथा खास गरेर दुबईमा केही अरु यस्ता पनि कानून तथा नियम छन्, जसलाई पालना गर्नु जरुरी हुन्छ ।

दुबई जाने व्यक्तिले यी १० नियम पालना गर्नु जरुरी हुन्छ,

– भद्दा इशारा नगर्नुहोस्
– अविवाहित पुरुष तथा महिला होटेलको एकै कोठमा बस्न पाउँदैनन्
– विवाह नगरी सेक्स गर्न पाइँदैन
– सार्वजनिक स्थानमा चुम्बन गर्न पाइँदैन
– पुरुषले महिलाका तथा महिलाले पुरुषका कपडा लगाउन पाउँदैनन् । भित्री शरीर देखिने पारदर्शी लुगा पनि लगाउन पाइँदैन
– सोशल मिडियामा अपमानजनक भाषामा पोस्ट गर्न पाइँदैन
– समलैङ्गिकतासँग बच्नुपर्ने हुन्छ
– सडक तथा सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गर्न पाइँदैन
– रमजान ९मुस्लिमहरुको पर्व०का बेला सार्वजनिक ठाउँमा रोजामा बसेका व्यक्तिका अगाडि भोजन गर्न तथा धुम्रपान गर्न मनाही छ
– विना अनुमति कुनै पनि महिलाको तस्बिर खिच्न पाइँदैन ।