काठमाडौं, माघ ७ । आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बीच पार्टी एकता संयोजन समितिको बैठक बस्दैछ ।
एकता गर्न गठित बैठक एमाले अध्यक्ष ओली निवास बालकोटमा दिउँसो ३ बजे बस्ने भएको छ । बैठकले दुई पार्टी एकताको टुङ्गो लगाउन कार्यदल गठन गर्ने नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शक्रबार र शनिबार भएको छलफलमा पार्टी एकाता, राष्ट्रिय सभा निर्वाचन, प्रदेश सरकार गठन लगायतका विषयमा छलफल भएको थियो ।
आजको बैठकमा यसअघि गठन भएको संयुक्त कार्यदलले राष्ट्रिय सभा निर्वाचन र प्रदेश सरकार गठनका विषयमा तयार पारेको प्रतिवेदन पेश गर्नेछ । उक्त प्रतिवेदन एकता संयोजन समितिको बैठकमा छलफल पछि पारित गर्ने तयारी भएको छ ।
त्यस्तै नेताहरुबीच एकीकृत पार्टीको सामाजिक न्याय र समानतासहितको कार्यदिशा अनुसार अघि बढ्ने सहमति भएको छ ।