राजनीति

राजनीतिका बारेमा विभिन्न धारणाहरू आएका छन् । तर राजनीति भनेको राज्य चलाउने नीति हो । यसले राम्रोसंग काम गरेको अवस्थामा देश र समाजको हित हुन्छ र गल्ति गरेमा समाजले सास्ती भोग्नु पर्दछ । राज्यमा नेताहरू वा दलले, आम रुपमा सचेत नागरिकहरूले देशलाई, समाजलाई र सम्पूर्ण पद्धतिलाई कसरी राम्रोसंग सञ्चालन गरेर जनतालाई सुख दिने, विकास, समानता र शान्ति दिने भन्ने सोचलाई व्यवहारमा लागू गर्नका लागि गरिने क्रियाकलाप राजनीति हुनु पर्ने हो ।

जनताको हितमा ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थमा राजनीतिज्ञहरू लाग्ने र जनतामा चेतना र विवेकको विकास हुन नसकेकोले सबैभन्दा बढी पीडित सबैभन्दा निमुखाहरू नै भएका छन् ।

अहिले राजनीति भनेको कसरी सत्तामा जाने, कसरी धन कमाउने, कसरी आफ्ना नजिककालाई स्थापित गर्ने भन्ने जस्तो भएको छ । राजनीति भनेको वास्तवमा राज्यमा नेतृत्व गरेर देशलाई हाँक्ने कार्य पनि हो । त्यो राजनीति कस्तो हुनु पर्ने ? भन्ने विषय आँफैमा महत्वपूर्ण छ ।

राजनीतिज्ञहरू असल भएमा ती विचारहरूलाई सदुपयोग गर्दछन् भने राजनीतिज्ञहरू बेइमान भएमा विचारलाई दुरुपयोग पनि गर्दछन् । जनताको हितमा ध्यान दिनुभन्दा व्यक्तिगत स्वार्थमा राजनीतिज्ञहरू लाग्ने र जनतामा चेतना र विवेकको विकास हुन नसकेकोले सबैभन्दा बढी पीडित सबैभन्दा निमुखाहरू नै भएका छन् ।