काठमाडौं, माघ ७ । पार्टी एकता गर्न एमाले र माओवादी केन्द्रबीच गठित पार्टी एकता संयोजन समितिको बैठक बालकोटमा बसेको छ ।
बैठक एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको माओवादी अध्यक्ष पुष्पकमल दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जानकारी गराएका छन् ।
बैठकमा एकता संयोजन समिति र कार्यदलका नेताहरु सहभागि भएका छन् । बैठकमा संयुक्त कार्यदलले बनाएको रिपोर्ट पेश गर्ने सूचि छ ।
यसअघि शनिबार एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मात्र छलफल भएको थियो ।
0
Shares