सर्लाही, माघ ८ । सर्लाही कौडेना गाउँपालिका–४ मा आज बिहान करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । ५० वर्षीया कलावतीदेवी शाहको करेन्ट लागेर मृत्यु भएको हो ।
श्रीपञ्चमीको अवसरमा चक्रघटा गाउँपालिका–१ शिवनगरमा जल चढाउन गएकी शाह करेन्ट लागेर घाइते भएकी थिइन् ।
घाइते शाहको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि सदरमुकाम मलंगवा लाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले बताएको छ ।
0
Shares