काठमाडौं, माघ ८ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत असई रमेश खड्का सोमबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई ३ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत थिए ।
उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।
0
Shares