इनरुवा, ११ माघ । सुनसरीका कार्यालय प्रमुखहरुलाई पारदर्शी रुपमा सूचना उपलब्ध गराउन प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले निर्देशन दिएका छन् । बुधबार इनरुवामा सूचना आयोगद्वारा आयोजित सूचनाको हक विषयको अन्तरक्रिया कार्यक्रमा बोल्दै उनले सूचना लोकतन्त्रको आधार भएकाले सूचना मागेको नागरिकलाई दिनका लागि अनुरोध गरे । आयुक्त बाँस्कोटाले सूचनाको प्रवाह सही तरिकाबाट भएमात्र लोकतन्त्र मजबुत हुने बताए । उनले सूचनाको हकको कार्यान्वयनमा कर्मचारी र कार्यालय प्रमुखले भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सात पत्रकार सम्मानित
यसैबीच, राष्ट्रिय समाचार समिति(रासस)का इनरुवा समाचारदाता अजितकुमार झासहित सात जना पत्रकारलाई सम्मान गरिएको छ ।
१६ औँ गजेन्द्रनारायण स्मृति दिवस तथा मधेस बलिदानी दिवसको अवसरमा बुधबार सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा राष्ट्रिय जनता पार्टीले मधेस आन्दोलन र नागरिकको अधिकारका लागि सञ्चार माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारमा ‘गोरखापत्र दैैनिक’का इनरुवा समाचारदाता जयकृष्ण यादव, ‘पपुलर एफएम’का स्टेसन म्यानेजर प्रकाश मेहता, ‘एभिन्युज टेलिभिजन’का कृष्ण भट्टराई जुनेलीु, ‘मकालु टेलिभिजन’का अमर काफ्ले, ‘वर्णमाला दैनिक’का राजेन्द्र पोखरेल र ‘प्रतिक्षण दैनिक’का इक्वाल अहमद रहेका छन् ।
सोही अवसरमा मधेश आन्दोलनका घाइतेहरुलाई पनि सम्मान गरिएको थियो ।
मधेस आन्दोलनमा घाइते भएका लालमोहर यादव, सभापैद यादव, अमरलाल यादव, हरिगोविन्द यादव, लगायतलाई ४३ जनालाई सम्मान गरिएको आयोजक संस्थाका संयोजक रामनारायण यादवले बताए ।