कांग्रेस सभापतिलाई अचानक हृदयघात

सर्लाही, माघ ११ । नेपाली कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायलाई आज बिहान अचानक हृदयघात भएको छ ।

कांग्रेस सभापति रायलाई हृदयघात भएपछि सदरमुकाम मलंगवामा सामान्य उपचार गरि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ ।

उनलाई हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौ ल्याइएको उनका आफन्तले जनाएका छन् ।