भक्तपुर, माघ ११ । प्रदेश सरकार नेपालीका लागि आर्थिक भार थेग्न नसक्ने अवस्था रहेको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले बताएका छन् ।
आज रफत सञ्चार क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले विगतमै यसका सम्पूर्ण पूर्वाधार तयार गर्न नसक्नाले झनै जटिलता थपिएको जिकिर गरे ।
राष्ट्रियसभाको निर्वाचनका विषयमा कुनै कानुनी प्रावधान नभएको भन्दै उनले यसमा संविधान विपरीत गएर नेपाली काँग्रेस, नेकपा(एमाले)र नेकपा(माओवादी केन्द्र)ले आ-आफ्नो अनुकूल व्याख्या गरिरहेको आरोप लगाएका छन् ।
प्रदेश राजधानी काठमाडौं उपत्यकामा राख्नाको औचित्य नभएको भन्दै उनले विकास नभएका ठाउँलाई प्रदेश राजधानी बनाउनुपर्ने सुझाव दिएका छन् ।
0
Shares