काठमाडौँ, माघ १४ । इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने परेका छन् ।
नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी हुने भएका छन् । आइपिएलको ११औँ संस्करणका लागि उनलाई दिल्ली डेयर डेभिल्सले आज भारतीय रुपैयाँ २० दिएको छ ।
सत्र वर्षीय लामिछानेले अब आइपिएलमा नयाँ दिल्लीका लागि खेल्नेछन् । त्यस्तै राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगर पनि भारतीय क्लब मोहन बगानसँग आबद्ध भएका छन् ।
0
Shares