नवलपरासी, माघ १४ । चिकित्सकको अभावमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको एक मात्र जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा प्रसूति सेवा प्रभावित बनेको छ ।
अस्पतालमा साउनदेखि अहिलेसम्म सम्बन्धित विषयका दक्ष चिकित्सक नभएका कारण प्रसूति सेवा प्रभावित भएको हो । अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले दक्ष चिकित्सकको अभावमा साधारण प्रसूति सेवाबाहेक शल्यक्रियाबाट प्रसूति सेवा दिन नसकिएको बताए ।
पटक पटक मन्त्रालय, विभाग र परिवार स्वाथ्य महाशाखालगायत सबै निकायमा पत्राचार गरिए पनि दक्ष चिकित्सक पठाइएको छैन । अस्पतालमा मासिक रुपमा करिब १६० जनाले प्रसूति सेवा लिने गरेको तथ्यांक छ ।
अहिले अस्पतालबाट सामान्य प्रसूति सेवाबाहेक अन्य शल्यक्रियाबाट दिइने प्रसूति सेवा पूर्ण रुपमा बन्द भएको बताइएको छ । एक सय आठ वर्षअघि स्थापित अस्पताल १५ शय्या हुँदै २५ र २५ शय्या दक्ष चिकित्सकको अभावमा प्रसूति सेवा प्रभावितअहिले ५० शय्यामा स्तरोन्नति गरिएको एक वर्ष बितिसक्दा पनि विशेषज्ञ सेवा सञ्चालनमा ल्याउन सकेको छैन ।
विशेषज्ञ चिकित्सकसहित १३ जनाको दरबन्दी रहेको अस्पतालमा हाल नौ जना मात्र चिकित्सक रहेका छन् । एकाउन्न स्वास्थ्यकर्मीको दरबन्दी रहेको उक्त अस्पतालमा ३० जना मात्र कर्मचारी रहेका छन् ।