राजु थापा – टोरोन्टो २९, जनवरी २०१८
वल्र्ड फाइनान्सियल ग्रुप इभारी लाईफ इन्स्योरेन्स कम्पनिले २००५ देखि क्यानडा बस्दै आएका पण्डित गोविन्द पौड्यालाई क्रिटिकल लाइफ इन्स्योरेन्स बापत २५ हजार क्यानेडियन डलर हस्तान्तरण गरेको छ ।
गत हप्ता मिसिसागामा भएको कार्यक्रममा इभारी इन्स्योरेन्सका प्रतिनिधि राजीव शर्मा तथा एडभाइजर मन्जु तिम्सिनाले एनआरएन क्यानडाका अध्यक्ष गोपिकृष्ण काफ्ले मार्फत चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा क्यानडामा रहेका बिभिन्न संघ संथाका प्रतिनिधि लगायत नेपाली समूदायका सदस्यहरुको उपस्थिति रहेको थियो ।
क्यानडाको ब्राम्पटन तथा मिसिसागा सहरका विभिन्न मठ मन्दिरमा पुजारीको रुपमा काम गर्दै आएका पौड्याल केहि समय यता टाउकोको रोग बाट ग्रसित छन् ।
यस कार्यले क्यानडामा जिवन बिमा मार्फत जिबन रक्षाका लागि असक्तताको समयमा ठूलो आर्थिक सहयोग हुने र जिवन बिमा प्रति सकारात्मक सन्देश दिएको छ । साथै क्यानडामा रहेका सम्पूर्ण नेपाली समूदायका सदस्यहरुलाई जिवन विमा गराई आफ्नो र परिवारको सुरक्षाको प्रतिभूति समयमै गर्न र गराउन समेत इभारी लाईफ इन्स्योरेन्सले अभिपे्ररित गराएको पाईएको छ ।