काठमाडौँ, माघ १८ । माघ २४ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले तयारी तिब्र बनाएको छ ।
निर्वाचनका लागि २ प्रकारका मतपत्र बनाउने निर्णय गरेको आयोगले मतपत्र छपाइको कार्य अगाडि बढाएको प्रवक्ता नवराज ढकालले जानकारी गराए । यसका साथै राष्ट्रियसभा निर्वाचनमा खटिने २ हजार ५६ निर्वाचकलाई मतदान प्रक्रिया बारे तालिम दिइरहेको उनले जनाएका छन् ।
सवै प्रदेशका लागी उच्च अदालत रहेका स्थानमा मतदान केन्द्र तोकी निर्वाचन कार्यक्रम अघि वढाएको आयोगले एक मतदान केन्द्रमा ८ वटा मतपेटीका राख्ने भएको छ ।
निर्वाचन प्रयोजनका लागि आवश्यक अन्य सामाग्री मतदान केन्द्रमा लैजाने तयारी भइरहेको निर्वाचन आयोगले बताएको छ ।
0
Shares