फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, माघ १९ । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।

नेपाल आयल निगमले आजदेखि लागु हुने गरी तोकेको मूल्य अनुसार पेट्रोलमा एक रुपैयाँ, डिजेल र मटितेलमा दुई रुपैयाँ बढाएको छ । नयाँ दर अनुसार पेट्रोलको मूल्य प्रतिलिटिर एक सय चार रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको प्रतिलिटर ८३ रुपैयाँ कायम भएको छ ।

हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाएर ९५ पुर्याइएको छ । अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर १० डलर बढाइएको छ ।

भारतबाट आएको मूल्य सूची अनुसार नयाँ दर कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य समायोजनपछि पनि निगमको घाटा १५ दिनमा ३० करोड रुपैयाँ पुग्ने उनको भनाइ छ ।