काठमाडौँ, माघ १९ । मुलुकको विकास र राजनीतिक स्थायित्व आफ्नो पहिलो प्राथमिकतामा रहेको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बताए ।
दुई दिने नेपाल भ्रमणमा रहेकी भारतको बाह्य मामिलामन्त्री सुष्मा स्वराजसँग आज भएको भेटमा अध्यक्ष दाहालले नेपालको विकास र स्थायित्व आफ्नो पहिलो प्राथमिकता रहेको जनाए ।
निर्वाचनपछिको वातावरण तथा सरकार गठनबारे पनि आफूहरुबीच छलफल भएको उनले बताए । नेपालको राजनीतिक स्थायित्व र विकास भारतको चाहना भएको भन्दै मन्त्री स्वराजले त्यसमा भारतले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
साथै उनले संघीय र प्रादेशिक संसद्मा वाम गठबन्धनलाई बहुमत प्राप्त भएकामा हार्दिक बधाई ज्ञापन गरेको अध्यक्ष प्रचण्डले जानकारी दिए ।
0
Shares