काठमाडौँ, माघ २१ । लागुऔषधसहित एक भारतीय पक्राउ परेका छन् । आइतबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले नारायण गिरीलाई ६३२ एम्पुल लागुऔषध सहित पक्राउ गरेको हो ।
वीरगञ्जबाट काठमाडौँ आउदै गरेको ना ७ ख ४२८ नं को यात्रुवाहक बस जाँचका क्रममा प्रभागको टोलीले लागुऔषधसहित बिहान पक्राउ गरेको हो ।
गिरीसँग लुफिजेसिक १९८ एम्पुल, फेनार्गन १९४ एम्पुल, डाइजेल्याब १९४ एम्पुल र नुर्फिन ४६ एम्पुल बरामद गरिएको प्रभागका प्रमुख केशव भट्टले बताए । अभियुक्त गिरीलाई थप अनुसन्धान र आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाइएको छ ।
0
Shares