उपत्यकाको वायु प्रदूषण न्यूनिकरणका लागि मास्कमाण्डौ–३ अभियान

०७amउस० साल माघ १० गते माइतीघर७३हद्दण्ज्ञघसकोटेश्वर सडक खण्डको नया७३हद्दण्ज्ञअस बानेश्वरमा कालोपत्रे गर्ने तयारी गर्दा उडेको ध्ुलोबाट बच्न दौड७३हद्दण्ज्ञअसदै पैदलयात्री । पृष्ठभ्७त्रगयतसमिमा यो रुट भएर चल्ने सवारीहरु । मानिसहरुको आवत जावत तीव्र ह्ुने समयमा म्ुल सडकको निर्माण कार्यले र्सवसाधरणहरु यस्ता समस्या भोग्न बाध्य भएका ह्ुन्् ।

ललितपुर, माघ २२ । प्रदूषण विरुद्धको जनचेतनाका लागि सरोकारवालाहरुलाई दबाब दिन राजधानीमा मास्कमाण्डौ–३ को अभियान थाल्न लागिएको छ ।

बढ्दो सवारी साधन, सडकको गुणस्तर र अव्यवस्थित शहरीकरणसँगै केही वर्षयता काठमाडौँ उपत्यकाको वायु प्रदूषणको स्तर निकै खस्केको र यसले वातावरण तथा जनस्वास्थ्यमा प्रत्यक्ष रुपमा असर पुर्याएको भन्दै त्यसको न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो औँल्याउँदै उक्त अभियान थालिएको जनाइएको छ । स्वच्छ ऊर्जा नेपालको अग्रसरमा थालिएको उक्त अभियान तेस्रो हो । सन् २०१६ मा मास्कमाण्डौ पहिलो र दोस्रो अभियान चलाइएको थियो ।

विभिन्न अध्ययनले काठमाडौँको वायु प्रदूषण विश्वकै उच्च रहेको देखाएको र यसले काठमाडौँको पहिचान अन्तर्राष्ट्रिय समुदायमा नकारात्मक पर्न गएको सन्दर्भमा त्यसलाई हटाउनका लागि उक्त अभियानलाई निरन्तरता दिइएको स्वच्छ ऊर्जा नेपालका राजन थापाले बताए । हिजो मन्दिरको शहरका रुपमा चिनिने काठमाडौँ आज प्रदूषित शहरका रुपमा बदनाम हुँदा पर्यटन क्षेत्रमा पनि नकारात्मक प्र्रभाव पर्न गएको उनको भनाइ छ ।

हालै सार्वजनिक इन्भारोमेन्ट परफरमेन्स इन्डेक्स २०१८ मा १८० मुलुकमा गरिएको अध्ययनमा वायु प्रदूषण बढी भएका पाँच राष्ट्रको सूचीमा नेपाल रहेको छ । वायु प्रदूषणको हिसाबले नेपालको स्तर ३१ दशमलव ४४ रहेको छ । उक्त अभियान अन्तर्गत यही माघ २५ गतेदेखि साताव्यापी रुपमा प्रदूषण बढी भएका राजधानीका चोकमा समस्याका बारेमा अवगत गराउने खालका कार्यक्रम सञ्चालन गरिनेछन् ।

रत्नपार्कमा विश्व प्रेस दिवसका अवसरमा युवा, विद्यार्थीको सहभागितामा साझा संकल्प गरिने छ । ‘म मेरो फोक्सोलाई माया गर्छु’ भन्ने मूल नाराका साथ उनीहरुलाई लक्ष्य गरी अभियानलाई निरन्तरता दिएको थापाले बताए ।

नेपालको संविधानले स्वच्छ वातावरणमा बाँच्न पाउनेहरुको व्यवस्था गरेकाले त्यसको कार्यान्वयन गराउन सरोकारवालादेखि सर्वसाधारणलाई समेत सचेत गराउन यस्तो खालको अभियानको खाँचो रहेको उनको भनाइ छ ।