काठमाडौँ माघ २३ । पार्टी एकताको घोषणा प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन अघि नै गरिएको भए पनि कम्युनिष्ट गठबन्धनका पार्टी एकता प्रक्रियाले गति लिन सकेको छैन ।
पछिल्लो समय नेताहरु राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रीत भएपछि एकता प्रक्रिया अन्यौलमा परेको हो । पार्टी एकताका लागि बनेको पार्टी संयोजन समितिको बैठक लामो समयदेखि बस्न सकेको छैन भने एमाले र माओवादी केन्द्रका अध्यक्षबीच औपचारीक छलफल हुन सकेको छैन ।
राष्ट्रिय सभा निर्वाचन सम्म आइपुग्दा दुइ पार्टीमा ७० र ३० प्रतिशतको भागवण्डामै सिमित वन्न पुगेको छ । दुवै पार्टी नयाँ सरकार गठन, प्रदेश मुख्यमन्त्री र सभामुख लगाएतमा कस्लाई पठाउने भन्ने विषयमै केन्द्रित देखिएका छन् ।
पार्टी एकिकरण पछि पार्टीको नेतृत्व, सरकारको नेतृत्व, दोस्रो तहका नेताहरुको व्यवस्थापन लगाएतका मुद्धा एकिकरणमा पेचिला विषय बनेका छन् । राष्ट्रिय सभाको निर्वाचन लगत्तै पार्टी एकताका विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।