काठमाडौं, माघ ८ । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले शेरवहादुर देउवा नेतृत्वको सरकारले एकपछि अर्को गर्दै राष्ट्रिय ढकुटीमा व्रम्हलुट मच्चाएको आरोप लगाउँदै सांकेतिक विरोध र भण्डाफोर अभियान स्वरुप १ रूपैयाँ संकलन अभियान थालेको ।
क्रान्तिकारीले उपत्यका लगायत देशका सवै प्रमुख शहरहरुमा ब्यङ्ग्य स्वरुप १ रूपैयाँका दरले चन्दा संकलन गरी जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री देउवालाई वुझाउने कार्यक्रम तय गरेको उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । प्रधानमन्त्रीलाई आफ्ना दलका कार्यकर्ता भरणपोषण गर्न जति गरे पनि पुगेन बस्नेतले भने, त्यसैले हामीले उनलाई चन्दा संकलन गरिदिन लागेका हौं ।
देउवा सरकारले हदैसम्म बम्हलुट गर्न थालेपछि सांकेतिक विरोध र भण्डाफोर अभियान चलाउन वाध्य भएको बस्नेतले बताए ।
प्रधानमन्त्री देउवालाई व्यङ्ग्य हान्दै क्रान्तिकारीले १ रूपैयाँ अभियान आजबाटै उपत्यकाका कलेजहरुवाट थालेको छ । यो अभियान देशैभर चल्ने क्रान्तिकारीले बताएको छ ।