२० वर्षदेखि फरार अपराधी पक्राउ

बुटवल, माघ २९ । कर्तव्य ज्यान मुद्दामा वि.सं २०६५ भदौ २३ मा अदालतबाट सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएका एक फरार अपराधी २० वर्षपछि पक्राउ परेका छन् ।

रुपन्देही जिल्लाको साविक हर्नैया गाविस–२ हाल सियारी गाउँपालिका–३ की चन्द्रावती थारुलाई वि.सं २०५३ जेठमा कर्तव्य गरी मारेको अभियोगमा रुपन्देही जिल्लाको साविक सिक्टहन गाविस–६ (हाल देवदह नपा–१२) बस्ने ५० बर्षीय राधेश्याम जैसवाल कलवारले भैरहवामा आफ्नो वास्तविक परिचय लुकाई बसोबास गरेको अवस्थामा प्रहरीले विशेष सुराकीको आधारमा शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।