पाथीभरा म्याराथन महोत्सव शुरु

ताप्लेजुङ, फागुन १ । पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाइड्स पाथीभरा म्याराथन आजदेखि शुरु भएको छ ।

‘ताप्लेजुङमा अवस्थित आस्था र विश्वासको धरोहर पाथीभरा जाऔँ, अलौकिक दैवी शक्ति र अद्धितीय प्राकृतिक सौन्दर्यसँग साक्षात्कार गरौँ’ भन्ने मूल नाराका साथ महोत्सव सुरु गरिएको हो ।

पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्र्ने उद्देश्यले उक्त महोत्सव आयोजना गरिएको हो । प्रदेश नं १ का प्रदेशसभा सदस्य प्रताप प्रकाश हाङगामले परेवा उडाएर कलशयात्राको उद्घाटन गरेका थिए ।

सो महोत्सवमा आजैदेखि खेलकुद प्रतियोगिता, राष्ट्रिय र स्थानीय कलाकारद्वारा सांस्कृतिक कार्यक्रमको प्रस्तुति तथा विभिन्न झाँकी प्रदर्शनी गरिनेछ । पाथीभरा म्याराथन महोत्सवको फागुन ३ गते सकिने आयोजकले बताएको छ । तीन हजार ७९४ मिटरको उचाइमा रहेको पाथीभरा मन्दिरसम्म म्याराथन दौड प्रतियोगिता हुनेछ ।

पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र नयाँ रणभिम गुल्मले संयुक्त रुपमा सो महोत्सवको आयोजना गरेका हुन् ।