काठमाडौं, फागुन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राजीनामा दिएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आज आफ्नो कार्यकालमा भएका कामको उल्लेख गर्दै राजीनामाको घोषणा गरेका हुन् ।
प्रधानमन्त्रीको राजीनामा पश्चात नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्ति भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न एमाले र माओवादीले बिहीबार नै राष्ट्रपति समक्ष समर्थनको पत्र प्रस्तुत गरेका थिए । ओलीले सम्बोधनको क्रममा आफ्नो सरकारलाई सफल बनाउन सहयोग गर्ने सरकारी कर्मचारी, मन्त्रीहरु, आफ्ना पार्टीका नेता लगायत सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।
आफ्नो नेतृत्वको सरकारले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन सफल गराएको र यसले संविधान कार्यान्वयन भएको उनले बताए । तेस्रो चरणको स्थानीय तहको चुनाव तथा प्रदेशसभा, प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचन शान्तिपूर्ण रुपमा गर्नु आफ्नो उपलब्धि रहेको उनको भनाइ छ ।